२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गृहमन्त्री लेखकको बोल्ड निर्णय : भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारका नाममा फिर्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरिएको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन्। सर्वोच्च अदालतबाट जफतको फैसला भएका घरजग्गा लामो समयदेखि कसुरदारले प्रयोग गर्दै आएको भन्दै मन्त्रालयले कार्यान्वयन प्रक्रिया अघि बढाएको छ।

गृह मन्त्रालयका अनुसार पूर्वप्रशासक तथा कर्मचारीहरू (आमोनन्द मिश्र, सरस्वती ढुंगाना, मुरारीबहादुर कार्की, केशरजंग खड्का र रामाज्ञा चतुर्वेदी) का काठमाडौं उपत्यकाका घरजग्गा जफत गरिनेछ। साथै, आपराधिक गतिविधिबाट भारतीय नागरिक सरिता गिरी राईले नेपालमा खरिद गरेको सम्पत्ति पनि जफत हुने भएको छ।

गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मालपोत कार्यालयलाई सम्पत्ति सरकारका नाममा दाखिला खारेज गर्न निर्देशन दिएको छ। कानुनअनुसार जफत गरिएका सम्पत्तिहरू लिलामी गर्ने वा सरकारी प्रयोजनमा उपयोग गर्ने विकल्प रहेको बताइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस