काठमाडौं। काठमाडौंमा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ महानगरपालिका-३१ शान्तिनगर स्थित चौरमा २८ वर्षीय सोनाम लामा को शव फेला परेको हो। उनी काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरका र रामेछाप लिखु गाउँपालिका-६ नागीका निवासी हुन्। मृतकको शवको पहिचान गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार

