३ चैत्र, काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।
चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । उनले शनिबार मकवानपुरमा प्रचण्डको तस्बिर जलाएका थिए ।
आइतबार साँझ प्रहरीले रिहा गरेका बमलाई रिहाइलगत्तै हेटौँडा -२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार

