२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने ट्रम्पको निर्णय

३ चैत्र, काठमाण्डौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्वाइस अफ अमेरिका’ बन्द  गर्ने निर्णय गरेका  छन्।

सरकारद्वारा सञ्चालित समाचार संस्था भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जानकारी दिएको छ।

डोनाल्ड ट्रम्पले उक्त समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ‘उग्रवादी’ भएको आरोप लगाएका छन् ।

बीबीसीका अनुसार भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले  उनी र उनका लगभग १३०० कर्मचारीहरूलाई सशुल्क बिदामा राखिएको बताएका छन् ।

भ्वाइस अफ अमेरिका सन् १९४२ मा नाजी र जापानी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो। यसले रेडियो, टेलिभिजन, र अनलाइन प्लेटफर्महरू मार्फत धेरै भाषाहरूमा समाचार र कार्यक्रमहरू प्रदान गर्दछ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस