२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

दोहोरो नागरिकताबारे मन्त्री गुरुङको स्पष्टिकरण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले दोहोरो नागरिकता स्वीकार नगरेको स्पष्ट पार्नुभएको छ। सोमबार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’ माथि भएको छलफलमा सांसदहरूले राखेका सुझावहरूका जवाफमा उहाँले यो कुरा स्पष्ट गर्नुभयो।

मन्त्री गुरुङले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता भन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले भने, “नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकार गरेको छैन। गैरआवासीय नेपालीमूलका व्यक्तिहरूलाई सहुलियतको रूपमा नागरिकता प्रदान गरिएको हो, जसले नेपाली नागरिकता त्याग नगर्ने निर्णय गरेका छन्।”

सञ्चारमन्त्रीले विदेशमा रहेका नेपालीमुलका व्यक्तिहरूलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस