२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

राजतन्त्रसहितका विषयमा एमालेले पारित गर्‍यो विशेष प्रस्ताव (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सोमबार भने, ‘अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्छ।’

पार्टीले राजतन्त्र फर्काउने प्रयासलाई असफल र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रबाट फर्काउने कुनै प्रयास सफल नहुने निष्कर्ष निकालेको छ। ज्ञवालीका अनुसार, ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो संघर्षको परिणाम हो।’

नेकपा एमालेले संविधान र गणतन्त्रको रक्षाको आवश्यकता जोड दिएको छ, र वर्तमान सरकार स्थिर र निरन्तर रहने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस