२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

नेपाल प्रहरीको ३१ औं आईजीपी दीपक थापा को हुन्?

काठमाडौं। नेपाल प्रहरीका ३१औं प्रमुखका रूपमा दिपक थापा नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले उनीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो। ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर आजदेखि अवकाशमा जाँदैछन्।

थापासँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि आईजीपी पदका लागि प्रतिस्पर्धामा थिए। तर, सरकारले थापालाई पहिलो वरियतामा आईजीपी बनाएको छ। थापा अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत छन् र उनले बुटवल, रुकुम, सुनसरी, मोरङ लगायतका स्थानमा प्रमुखका रूपमा काम गरेका छन्।

प्रहरी सेवामा प्रवेश गर्नु अघि थापाले शिक्षण पेशामा काम गरेका थिए। भक्तपुरको सिपाडोलका स्थायीवासी थापाले २०४८ सालमा शिक्षकको रूपमा काम सुरु गरेका थिए। पछि, २०५० सालमा प्रहरी निरीक्षकमा भर्ती भए। उनले ३० वर्षे सेवामा जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, मकवानपुर, चितवन र बुटवल तालिम केन्द्रको नेतृत्व गरेका छन्।

थापा ३० वर्षे सेवा अवधि पूरा गरेपछि ६ महिनापछि अवकाशमा जानेछन्। यदि संसद्‌मा प्रहरी ऐनको विधेयक पारित भए भने उनी थप ६ महिना प्रहरी प्रमुखको रूपमा काम गर्न पाउनेछन्।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस