काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । भोलि (चैत ५) गतेका लागि तय भएको निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत डा. अंगदमणी गौतमले जानकारी दिए । उनका अनुसार, त्रिचन्द्रको अर्को निर्वाचन मिति भने तोकिएको छैन । सर्व उम्मेदवार र प्रतिनिधिहरूसँगको छलफल र परामर्शपछि निर्वाचनको मिति तय हुने गौतमले जानकारी गराएका छन् ।
क्याम्पसको गेटमा भएको तालाबन्दीका कारण परिस्थिति असहज भएको भन्दै निर्वाचन समितिले निर्वाचन स्थगित भएको जानकारी गराएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार

