२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

यी रहेछन् ट्रकमा २५ करोडभन्दा बढी रकम बोकेर चीन जाँदा पक्राउ पर्ने व्यक्ति

काठमाडौं । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस