२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नेपालमा गणतन्त्र ल्याउन पूर्वराजाको पनि भूमिका, प्रचण्डले गरे गम्भीर खुलासा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको स्थापना प्रक्रियामा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भने, “ज्ञानेन्द्रले मुर्खतामार्फत हामीलाई सहयोग गरे। यदि उनले अधिक मुर्खता नगरेको भए, राजतन्त्र केही वर्ष टिक्न सक्थ्यो।”

प्रचण्डले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको आधार तयार भएको र यसमा ज्ञानेन्द्रको “मुर्खतामा” योगदान रहेको उल्लेख गरे।

पछिल्लो समय राजतन्त्र पुनस्थापनाका प्रयासलाई “कलाविहीन नाटक” भन्दै प्रचण्डले यसलाई समाजवादी क्रान्तिको यात्रामा नयाँ सकंल्पको आधार बनाउन मद्दत पुर्याएको बताए।

“कुनै पनि कथा, उपन्यास, फिल्म हिरोले मात्रै सफल हुँदैन। भिलेनको भूमिका पनि महत्त्वपूर्ण हुन्छ,” प्रचण्डले भने।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस