२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

स्वतन्त्र अति सामान्य उम्मेदवारले जिते पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्ष

"Independent Underdog Candidate Wins Pulchowk Engineering College's SWSU Presidency"

काठमाडौं । पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियु निर्वाचनमा अध्यक्ष पद स्वतन्त्र अति सामान्य उम्मेदवारले जितेका छन्। स्वतन्त्र उम्मेदवार स्वयम श्रेष्ठले एक हजार २ मत पाएर जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत पाए। अखिल क्रान्तिकारी र अनेरास्ववियुका चल्तापुर्तालाई सामान्य रसिकले ठेगान लगाइदिए ।

त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत पाउँदै जित हासिल गरेका छन्। कोषाध्यक्षमा अनेरास्ववियुका अल्बर्ट ढकाल निर्वाचित भएका छन्। उनले १०४२ मत पाए। यसअघि पुल्चोक इन्जिनियरिङ कलेजमा अखिलले जितेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस