२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

राजावादीको सक्रियतापछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै, ठोस धारणा सार्वजनिक गर्ने

६ चैत्र , काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने भन्दै राजावादी शक्तिहरूले घोषणा गरेको आन्दोलनबारे संस्थागत धारणा बनाउन प्रमुख सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले गत फागुन २५ गतेदेखि बढ्न थालेको राजावादीको आन्दोलनबारे पार्टीको धारणा तय गर्त चैत १० गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस