२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौं उपत्यकाका ५ क्याम्पसमा माओवादीको अखिल क्रान्तिकारी विजयी

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्।

जनप्रशासन क्याम्पस बल्खुमा अनिकेत तिवारी, बानेश्वर क्याम्पसमा भूमिराज अधिकारी, जनकपुर इन्जिनियरिङ कलेजमा प्रकाश पुडासैनी, सानोठिमी क्याम्पसमा नरेन्द्रसिंह ठगुन्ना र काठमाडौं इन्जिनियरिङ कलेजमा अपार पराजुली विजयी भए।

यस्तै, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दिवस सापकोटा र थापाथली इन्जिनियरिङ क्याम्पसमा जेसिस उपाध्याय स्ववियु सचिव पदमा निर्वाचित भए। पुल्चोकमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ र थापाथलीमा नेविसंघका प्रह्लाद खड्का सभापति निर्वाचित भए।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस