२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

राजतन्त्र कि गणतन्त्र? सेनाको सनसनीपूर्ण विज्ञप्ति बाहिरियो!

काठमाडौं। पछिल्ला दिनमा नेपालमा राजतन्त्र कि गणतन्त्रको बहस निकै चुलिएको छ। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित भ्रामक सूचना फैलिएको भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गरेको छ।

सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्न संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

PR- नेपाली सेनाको अनुरोध

सैनिक गतिविधि र आधिकारिक धारणा नियमित रूपमा सार्वजनिक गरिने बताउँदै सेनाले सत्यतथ्य जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस