काठमाडौं । काठमाडौं, सर्लाही र हुम्लामा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार काठमाडौंको तिलगंगास्थित बागमती खोलामा करिब ४५ वर्षीय पुरुष बुधबार मृत फेला परेका हुन्। सर्लाहीको बरहथवा नगरपालिका-१४ सैदपुरस्थित सडक छेउको पिपल चौतारोमुनि करिब ५० वर्षीय पुरुषको शव फेला परेको छ।
त्यस्तै, हुम्लाको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका ४८ वर्षीय देव सिंह रावत सोही गाउँपालिका-६ लाङला नजिकै मृत अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी छ।
प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार

