२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रधानमन्त्री ओलीको अध्यक्षतामा सगरमाथा संवादको तयारी बैठक सम्पन्न

काठमाडौं। आगामी जेठ २ देखि ४ गते काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ।

बैठकमा कार्यक्रमको व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको निमन्त्रण, विज्ञहरूको सहभागिता र निजी क्षेत्रसँगको सहकार्यका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले कार्यक्रमलाई विशेष बनाउन सबै क्षेत्रको सहयोग लिन निर्देशन दिनुभएको छ।

सगरमाथा संवादको तयारीको लागि सचिवालय स्थापना गरिसकेको छ। कार्यक्रमको व्यवस्थापनका लागि निर्देशक समिति र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ।

भारत, चीन लगायतका छिमेकी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिएको छ। यो कार्यक्रम जलवायु परिवर्तन र हिमालसँग जोडिएका मुद्दाहरूमा आधारित हुनेछ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस