२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बाबुराम भन्छन्ः राजतन्त्र अहिलेको समस्याको समाधान होइन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताउनुभएको छ।

माइतीघर मण्डलामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केही व्यक्तिहरू फेरि राजा ल्याउनको प्रयासमा लागेको टिप्पणी गर्दै राजतन्त्र समस्याको समाधान नभएको बताउनुभयो।

उहाँले हालका तीन प्रमुख नेताहरूको बारेमा पनि टिप्पणी गर्दै, “सरकारमा हुँदा सबै ठीक र बाहिर गएपछि सबै सकियो” भन्ने परिपाटी देखाइरहेको आक्षेप लगाउनुभयो।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस