२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

राप्रपा सांसदले लिपुलेक भ्रमणबारे सोध्दा प्रधानमन्त्रीको उल्टै यस्तो प्रतिप्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको कुनै योजना नभएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले प्रधानमन्त्रीसँग सो क्षेत्रको भ्रमणबारे प्रश्न गरेका थिए। जवाफमा ओलीले अहिले तत्काल भ्रमणको योजना नरहेको तर पछि जान सकिने बताए।

प्रधानमन्त्री ओलीले उल्टै सांसद तामाङलाई प्रतिप्रश्न गर्दै भने, “माननीयज्यूको योजना बनेको छ कि के हो? योजना बनेको भए राम्रो कुरा हो।”

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस