२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

भोलि प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो। कैलाली, कञ्चनपुरमा बसोबास गर्ने यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा सार्वजनिक बिदाको जानकारी दिइएको छ।

होरी पर्व एक महिना आठ दिनसम्म मनाइन्छ, र खख्डेहरा पर्वको दिनलाई यस पर्वको महत्वपूर्ण दिन मानिन्छ। माघ पूर्णिमादेखि सुरु भएको रानाथारु समुदायको होरी पर्व खख्डेहरा फुटाएर पुरुषहरूले समापन गर्ने परम्परा रहेको धनगढी गाउँका भलमनसा भज्जी रानाले बताए। महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस