२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

नेविसंघ समर्थित स्ववियु सभापति अखिल क्रान्तिकारीमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । चितवन ईन्जिनियरिङ कलेजको नवनिर्वाचित स्ववियु अध्यक्ष प्रज्वल अधिकारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन्। अखिल क्रान्तिकारी र नेविसंघको समर्थनमा स्ववियु अध्यक्ष उम्मेदवार बनेका अधिकारी अब क्रान्तिकारीमा समाहित भएका हुन्।

विजय प्राप्ति आफ्नै नभइ सम्पूर्ण क्याम्पस परिवारको भएको भन्दै अधिकारीले क्याम्पसको गौरवशाली इतिहास बनाउन आफू विश्वस्त रहेको बताए।

स्ववियु निर्वाचनको विजय पछि क्रान्तिकारीमा समाहित भएका अधिकारीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मेयर रेनु दाहालको उपस्थितिमा अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका हुन्। उनले भने, ‘क्रान्तिकारीमा समाहित भएपनि संयुक्त प्यानलको प्रतिबद्धतापत्रअनुसार विद्यार्थीको हकहितका लागि लड्नेछु।’

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस