८ चैत्र, काठमाडौँ । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ ।
शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए ।
प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार

