९ चैत्र, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उहाँको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ ।
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार

