९ चैत्र, काठमाण्डौँ । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
एकडारा गाउँपालिका ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।
गाउँका साथीहरूसँग सोही पालिका ३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न गएका आलोक खेल मैदान नजिकको पोखरीमा डुबेका थिए ।
प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार

