२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

धादिङमा हुने रैथाने खाना महोत्सवमा कस्ता खानेकुराहरु समाबेश होलान् ?

९ चैत्र, धादिङ । धादिङको गजुरी गाउँपालिका ५, गलौदी खेलमैदानमा”तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव(२०८१” चैत १४ गते देखि २४ गतेसम्म आयोजना हुने भएको छ ।

जिल्ला होटल संघ धादिङको आयोजनामा हुने यस महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहनेछ । भने उद्घाटनमा गजुरी गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह,युवा क्लब, लगायतको उपस्थितमा झाकी र्याली सहित उद्द्घाटन गरिने कार्यक्रमका ब्यबस्थापक भरत बराकोटीले जानकारी दिए ।

महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन पार्क, सस्तो बजार, र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन्। साथै, परम्परागत बाजा प्रदर्शन र नृत्य प्रतियोगिता समेत रहनेछ ।

कार्यक्रम भब्य बनाउन गजुरी गाउँपालिका वरपर रहेका विभिन्न संघसंस्था,नेपाल रेडक्रस सोसाइटी गजुरी,प्राथमिक स्वास्थ्य केन्द्र गजुरी,सामुदायिक बिकास समाज,गजुरी युवा क्लब,युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरी, आमा समुहहरु,गजुरीबासी र वरपर रहेका पालिकारनगरपालिकाहरुलाई समेत सहयोग गर्न जिल्ला होटल संघ धादिङले समेत अपिल गरेको छ ।

यो महोत्सवले गजुरी गाउँपालिकाको संस्कृति, कृषि, पर्यटन, र स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उदेश्य सहित कृषि प्रर्दशनी पनि हुनेछ । सांस्कृतिक कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने ब्यबस्थापक भरत बराकोटीले बताए ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस