२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीय आक्रोशित

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई बालकको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार अपराह्न नौरीगौढी इंगलिश मिडियम स्कुलबाट फर्किंदै गरेका विशाल कुमार गोडिया र शिव कुमार गोडियालाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिएका छन्।

दुर्घटनापछि आक्रोशित स्थानीयले ट्यांकरमा आगो लगाएका छन्। ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीमा राखेपछि केही स्थानीयले चौकी घेरेर ढुंगामुढा गरेका छन्।

प्रहरी नियन्त्रणका लागि हवाई फायर गरिएको छ। मृतकका पिता हरिद्धार गोडियाले ट्यांकर चालकले मादक पदार्थ सेवन गरी बालकलाई मारेको आरोप लगाएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस