काठमाडौं। काठमाडौं महानगरपालिका–१६ मा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
शनिबार दिउँसो बा ५ ख ३७०२ नम्बरको बसले किच्दा अन्दाजी ६० वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार

