काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्न लायक नभएको बताएका छन्।
आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले पूर्वप्रधानमन्त्रीको रूपमा ज्ञानेन्द्र शाहको नेतृत्वमा संवैधानिक राजाको सम्भावना नरहेको दाबी गरे। उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन्।’
सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि चेतावनी दिँदै भने, ‘राप्रपा पार्टी सभापति (अध्यक्ष) बनाए पनि ठीक हुन्छ, तर यो पार्टीमा लाग्नेले धेरै दु:ख पाउँछन्। पछि राप्रपा पनि पछुताउँछ र दु:ख पनि पाउँछ।’
पछिल्लो समय राप्रपाले राजसंस्था, हिन्दू राष्ट्र र प्रदेश खारेजीको माग गर्दै प्रदर्शन गरिरहेको छ। देउवाले यी मुद्दामा जोड दिँदै पूर्वराजा ज्ञानेन्द्रलाई संवैधानिक राजा बन्न लायक नभएको बताए।

