२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

नेपालमा एमसीसी बन्द नहुने, अमेरिकाले फेरि दियो अनुमति !

११ चैत्र, काठमाण्डौँ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान करिब साढे ७५ अर्ब रूपैयाँको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको छ ।

अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एमसीए नेपालले जनाएको छ । एमसीसीमा अमेरिकाको ५० करोड डलर अनुदान दिने सम्झौता भएकोमा पछि पाँच करोड डलर थपेर कुल ५५ करोड डलर अनुदान दिने निर्णय गरिएको थियो। नेपालले गर्ने लगानीसहित एमसीसीमा कुल लगानी ७४.६७ करोड डलर रहेको छ । यसमा नेपाल सरकारको १९ करोड ६७ लाख डलर लगानी हुनेछ । अमेरिकी सरकारको अनुमतिपछि धानखोला–लमही सडकको सुपरिवेक्षण परामर्शदाता नियुक्त गर्न यसै साता सूचना प्रकाशित भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस