२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पूर्वराजालाई पक्राउ गर्नेबारे एमालेको आधिकारिक धारणा सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा (एमाले) ले हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित केही समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी, अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न सकिने अभिव्यक्ति दिएको तथा भारत सरकार गिराउने तयारीमा सक्रिय रहेको भन्दै भारतलाई चुनौती दिएको समाचार बाहिरिएपछि एमालेले त्यसलाई असत्य र अतिरञ्जित भएको बताएको छ।

पार्टी महासचिव शङ्कर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै पूर्वराजावादी प्रदर्शनबारे ओलीले बोलेको भनिएको समाचारहरू निराधार भएको जनाएका छन्। एमालेले यस्ता समाचारहरूले अनावश्यक सनसनी फैलाउने मात्र नभई नेपाल–भारत सम्बन्धमा आशंका उत्पन्न गराउने दुराशय बोकेको उल्लेख गरेको छ। संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्नु अघि आधिकारिक धारणा बुझ्न सञ्चारमाध्यमलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस