२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

किन अचानक राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे प्रचण्ड ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार शीतल निवासमा भेटवार्ता भएको छ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायको अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयासका विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार अग्नि खरेलका अनुसार बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय नै रहेको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस