२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

४० वर्षीया मनिषा मृत फेला, यस्तो अवस्थामा भेटिए श्रीमान

काठमाडौं । झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा ४० वर्षीया मनिषा मग्रान्ती मृत अवस्थामा फेला परेकी छन्, भने उनका श्रीमान् ३९ वर्षीय लालबहादुर सार्की गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली पुग्दा मग्रान्ती सलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्, तर पासो खोलिएको जस्तो देखिएको थियो। त्यही समयमा उनका श्रीमान् सार्की घाँटीमा धारिलो हतियारको चोटसहित अचेत अवस्थामा भेटिएका थिए।

प्रहरीले घटनास्थल सुरक्षित गरी घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ। प्रारम्भिक अनुसन्धानमा घटनाको कारण खुल्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय, झापाले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस