२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कुलमानलाई हटाउने निर्णय सार्वजनिक

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सरकारले सार्वजनिक गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो, जसको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा दिएका छन्।

यसअघि सोमबारको बैठकपछि गुरुङले कुलमानबारे निर्णय भएको आफूलाई जानकारी नभएको दाबी गरेका थिए। तर, अन्य मन्त्रीहरूले सोमबार नै कुलमान हटाएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए।

सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै कांग्रेसका केही नेता र प्रतिपक्षी दलका नेताले विरोध गर्नुका साथै जनस्तरमा पनि असन्तुष्टि देखिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस