२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

राजा फर्काउन आन्दोलनमा होमियो राप्रपा, प्रदर्शनसहितका कार्यक्रम घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंको एक प्यालेसमा बसेको आन्दोलन मूल समितिको बैठकले यस्तो निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन्।

राप्रपाले चैत २६ गते बागमती प्रदेशस्तरीय प्रदर्शन र सभाको आयोजना गर्ने छ। साथै, विसं २०८२ साल वैशाख ७ गतेदेखि राजधानी केन्द्रित निरन्तर आन्दोलन शुरु गर्ने निर्णय पनि गरिएको छ।

लिङ्देनले भने, “राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जो-जसले शान्तिपूर्ण आन्दोलन गरे पनि राप्रपाले त्यसलाई समर्थन गर्नेछ।”

यस्तै, राप्रपाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्ने पनि घोषणा गरेको छ। राप्रपाले आन्दोलनमा सहकार्यका लागि ढोका खुला राखेको पनि उनले बताए।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस