२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सिंहदरबारमा गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी

१३ चैत्र, काठमाडौँ । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल डिपी, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, रास्वपा उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायत छन् ।

सरकारको कार्यशैलीले व्यवस्थाविरोधी शक्ति चलमलाउन थालेको भन्दै उनीहरू छलफलमा जुटेका हुन् । यसैबीच गणतन्त्र पक्षधर शक्तिहरूले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछन् । त्यसबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । त्यही दिन राजसंस्था पक्षधर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि प्रदर्शन गर्दैछन् । त्यसलाई पुराना पञ्चनेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले पनि सघाउने भएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस