२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

बझाङका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर हुने व्यक्तिहरूमा तत्कालीन अध्यक्ष रोकाया, वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, लेखापाल मदनराज जोशी र सिम्लका घट्ट सिंचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकाया रहेका छन्।

यस मुद्दा सिम्लका घट्ट कुलो सिंचाई निर्माण कार्यको सन्दर्भमा दायर गरिएको हो, जसमा आर्थिक वर्ष २०६७र७७ मा रकम विनियोजन गरी कार्य सम्पन्न गरिएको थियो।

तर, आर्थिक वर्ष २०७७र७८ मा कुनै काम नगरी भुक्तानी लिइएको र अनियमितता भएको पाइएको छ। उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस