२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

चैत १५ का लागि समाजवादी मोर्चाका १६ नारा सार्वजनिक, के छ तयारी?

काठमाडौँ। चारदलीय समाजवादी मोर्चाले चैत १५ गते गर्न लागेको प्रदर्शनको नारा तय गरेको छ। बुधबार एकीकृत समाजवादीको आलोकनगर स्थित कार्यालयमा भएको बैठकले प्रदर्शनको नारा तय गरेको हो। मोर्चाले ब्यानरमा दुईसहित १६ वटा नारा पनि जारी गरेको छ।

नारामा भ्रष्टाचारको विरोध र कुलमान घिसिङको विषय समेटिएको छ। प्रदर्शनको तयारीअनुसार राजधानीका विभिन्न स्थानबाट शान्तिबाटिकामा ११ बजे भेला भएर भृकुटी मण्डपमा सभामा परिणत हुने तय भएको छ। प्रदर्शनमा १ लाख शुभेच्छु र समर्थक सहभागी हुने समाजवादी मोर्चाका नेता महेन्द्र राय यादवले जानकारी दिएका छन्।

samajbadi

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस