काठमाडौं । काठमाडौं महानगरपालिका-२३ झोछेँ बस्ने ६१ वर्षीय सुनिलकर शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनिलकरसहित ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले नगद १ लाख १८ हजार ७ सय ५ रूपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो।
यस घटनामा संलग्न व्यक्तिहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरी बताउँछन्।
प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार

