२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

काठमाडौंमा भूकम्पको धक्का, केन्द्र कहाँ थियो ?

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार, नेपाली समयअनुसार साँझ ६ः२७ बजे भूकम्प आएको हो।

यो भूकम्प सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीलाई केन्द्र बनाएर आएको थियो, जुन नेपालको उत्तरपूर्वी सीमानजिकै स्थित छ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस