२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

बूढानीलकण्ठबाट ११ भारतीय पक्राउ, २ अर्बको अनलाइन जुवा कारोबार खुल्यो

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३, देउला टोलमा घर भाडामा लिएर अनलाइन जुवा (सट्टाबाजी) सञ्चालन गर्ने ११ भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीको विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन सट्टाबाजी र ९६ लाख ३३ हजार रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार प्रमाणित भएको छ।

पक्राउ परेकाहरू सबै ३० वर्षमुनिका छन्। उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारलाई गम्भीर रूपमा लिएर आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस