काठमाडौं । काठमाडौं, बैंकिङ कसुर मुद्दामा फरार रहेका ३६ वर्षीय बिराज तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। उनकाे घर नुवाकोट ककनी गाउँपालिका-४, हाल काठमाडौंको नयाँबानेश्वरमा बसोबास गर्दै थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरबाट पक्राउ गरेको हो।
बिराज तामाङलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ।
प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार

