२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

काठमाडौंको थापाथली र कागेश्वरीबाट ६ जना रंगेहात पक्राउ

काठमाडौं। काठमाडौंको थापाथली र कागेश्वरी क्षेत्रबाट प्रहरीले ६ जनालाई रंगेहात पक्राउ गरेको छ। ती सबै व्यक्तिहरू अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन्।

थापाथली चेस पार्क नजिक बुधबार साँझ २ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ सहित ३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा काठमाडौं थापाथली बस्ने महोत्तरी भँगाहा नगरपालिका घर भएका ५८ वर्षीय बिन्दे यादव, काठमाडौं न्यूरोड बस्ने कैलाली गोदावरी नगरपालिका-१ घर भएका २१ वर्षीय उज्जल महरा र काठमाडौं कालिमाटी बस्ने ३५ वर्षीय रोशन महर्जन रहेका छन्। प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

उक्त पदार्थको परीक्षणपछि यसको अवैध गाँजा भएको पुष्टि गरिएको छ। पक्राउ गरिएका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ।

त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदी क्षेत्रबाट पनि बुधबार साँझ १ सय ग्राम गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं महानगरपालिका-६ घर भएका २५ वर्षीय निकेश सापकोटा, गोरखा पालुङटार नगरपालिका-१ घर भएका २० वर्षीय विश्वास श्रेष्ठ र धादिङ ज्वालामूखी गाउँपालिका-३ घर भएका २८ वर्षीय आयुष अर्याल रहेका छन्। प्रहरी बिट गागलफेदीबाट खटिएको टोलीले उनीहरूलाई गाँजा सहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई प्रहरीले अवैध लागूऔषधको कारोबारको आरोपमा अनुसन्धान गरिरहेको छ र आवश्यक कारवाहीको लागि थप प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस