२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

गणतन्त्र जनताले स्वीकारिसके, राजगद्दीको सपना नदेख्नू! पूर्वराजालाई देउवाको कडा सन्देश

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रहर गरेर राजतन्त्र पुनःस्थापना नहुने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस मानव अधिकार विभागद्वारा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेपाली नेताहरूले संघर्ष गरेर लोकतान्त्रिक गणतन्त्र स्थापित गरेको भन्दै यो व्यवस्था हट्न नसक्ने दाबी गरे। संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै कसैले त्यसबारे रहर नगर्न आग्रह गरे।

गणतन्त्र नेपाली जनताले स्वीकारिसकेको बताउँदै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्कने आशा नगर्न सुझाव दिए। समावेशी र समानुपातिक प्रतिनिधित्वसहितको गणतन्त्रात्मक संविधानले हिमाल, पहाड, तराई सबैलाई समेटेको उल्लेख गर्दै उनले अब कुनै डर नभएको बताए। लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाउन सबैलाई लाग्नुपर्ने उनले जोड दिए।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस