२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

एकातिर राजावादीको प्रदर्शन, अर्कोतिर संसदमा हंगामा : प्रधानमन्त्री टसका मस भएनन्

काठमाडौं। आज काठमाडौंमा राजावादी समूहले गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेको छ। उनीहरूले राजतन्त्रको पुनस्स्थापना गर्ने माग राख्दै सडकमै उत्रिए। प्रदर्शनकारीहरूले नेपालमा राजतन्त्रको पुनर्स्थापना, राणाशासनको अन्त्य र राष्ट्रध्वजको सम्मानका लागि नाराबाजी गरेका थिए।

अर्कोतिर, संसदमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको मुद्दा उठाउँदै सदनको कामकाज अवरुद्ध गरेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ माग गरेका छन् र संसदलाई चल्न नदिने अडान लिएका छन्।

यस विषयमा सभामुख देवराज घिमिरेले विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै संसदको अवरोध हटाउन पहल गरिरहेका छन्। तथापि, प्रधानमन्त्री ओलीले जवाफ दिने कुनै सूचना नपठाउँदा संसदको काम प्रभावित भइरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस