काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु सुरु भएपछि प्रहरीले हवाइ फायर सुरु गरेको छ । कोही घाइते भए हामी जिम्मेवार हुनेछैनौं भन्दै प्रहरीले हवाइ फायर सुरु गरेको हो । त्यहाँ राजावादी मात्र हैन माओवादीको आन्दोलनबाट फर्किदै गरेका कार्यकर्ताहरु थुप्रै छन् ।
आन्दोलनले उग्ररुप लिएपछि काठमाडौं जिल्ला प्रशासनले कर्फ्यू लगाएको छ । जसले गर्दा सर्वसाधारणलाई घरभित्रै बस्न प्रहरीले आग्रह गरेको छ ।
आन्दोलनले उग्र रुप लिएको भन्दै घरमै बस्न आग्रह गरिएको हो । प्रहरीले माइकिङ गरिरहेको छ । प्रशासनले सिनामंगल, तीनकुने र कोटेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

