काठमाडौं । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी गरेका छन् । गृह मन्त्रालयका सहसचिव छवि रिजालले कम्पनीको कार्यालयमा परिसरमा ८ वटा सवारीमा आगजनी गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए । उनले भने, ‘आज भएका सवै घटना खेदजनक छन् ।’
प्रदर्शनकारीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगजनी गरेका छन् । सुरक्षाकर्मीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । कानून हातमा लिनेलाई नियन्त्रणमा लिएर कारवाही गरिने सहसचिव रिजालले जानकारी दिए । उनले भने, ‘यो घटनाबाट कोही आतंकित हुनुपर्दैन् । नजिकै नेपाली सेना र प्रहरीपनि थियो तर भीड ठूलो भएकाले आगो नियन्त्रण लिन सुरक्षा फौज पुगेन ।’
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

