काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको छ।
प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
प्रहरीले आन्दोलनअघि प्रसाईँले हिंसा भड्काउने योजना बनाएको भिडिओ फेला पारेपछि उनलाई पक्राउ गर्न प्रहरी पठाइएको हो ।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

