काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। उनले विज्ञप्ति जारी गर्दै सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल भएको र देशको राजधानी काठमाडौंमा ठुलो धनजनको क्षति भएको बताए।
साहले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक रवैयाका कारण जनता आक्रोशित भएका छन् र संकट समाधानका लागि अन्तरिम सरकार गठनको माग गरेका छन्।
प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार

