काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनको तोडफोड र फोहोरको क्षतिपूर्तिवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ।
राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरी घेरा तोडेर निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबुटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए।
महानगरको दमकलमाथि ढुंगा प्रहार भएको थियो। शनिबार महानगर टोलीले क्षति विवरण संकलन गरी ९ शीर्षकमा जरिवाना तोकेको छ। निर्मल निवासका नाममा ८ नगर प्रहरीले छुट्टाछुट्टै पत्र काटेका छन्। प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो।


प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार

