२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पूर्वराजा ज्ञानेन्द्रको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढ्यो, अब के हुन्छ ?

काठमाडौं । शुक्रबार राजावादीहरूको आन्दोलन हिंसात्मक बनेपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई उक्साएको आरोपमा सरकारले परराष्ट्र मन्त्रालयलाई राहदानी रद्द गर्न निर्देशन दिएको हो।

सरकारले घटनाको अनुसन्धान जारी रहेको भन्दै उनी विदेश भाग्न सक्ने आशंका गरेको छ। ‘हिंसात्मक घटनाका कमान्डरहरूलाई पूर्वराजाले निर्मल निवासमा बोलाएर उक्साएको प्रमाण देखिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

ज्ञानेन्द्रले केही समयअघि दिएका अभिव्यक्तिसँग शुक्रबारको घटनामा तादम्यता रहेको भन्दै सरकारले अनुसन्धानलाई सहज बनाउन उनलाई देशबाहिर जान नदिन राहदानी रद्द गर्न लागेको हो।

शुक्रबारको आन्दोलन राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको थियो, जसमा दुईजनाको ज्यान गएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस