२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

सरकारले ज्ञानेन्द्रको सुरक्षा कटौती गर्‍यो, कसका लागि तैनाथ थिए १५५ जना प्रहरी?

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी घटाएको छ। सशस्त्र प्रहरीले १० जना सुरक्षाकर्मी फिर्ता बोलाएको हो। अब शाहको सुरक्षामा १५ जना मात्र रहनेछन्।

सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीका अनुसार केही दिनमा फेरि नयाँ निर्णय हुन सक्नेछ। सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिँदै आएको सबै सुविधा कटौती गर्ने तयारी गरिरहेका बेला सुरक्षाकर्मी घटाइएको हो।

नारायणहिटी राजदरबारबाट हटेपछि पूर्व राजपरिवारलाई सरकारले आवाससहित सुरक्षा सुविधा दिँदै आएको छ। हाल उनीहरू नागार्जुन दरबारमा बस्दै आएका छन्। निर्मल निवास भने पूर्वराजा ज्ञानेन्द्रको निजी निवास हो।

पूर्व राजपरिवारका सबै सदस्यको सुरक्षाका लागि १५५ जना सशस्त्र प्रहरी खटाइएका थिए। तीमध्ये शाहको सुरक्षाका लागि २५ जना छुट्टै परिचालन भएका थिए। अब परिवारका अन्य सदस्यहरूलाई खटाइएको सुरक्षा टोली पनि फिर्ता गरिने भएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस